डुडुवा गाउँपालिकाले ‘संस्कार’ पाठ्यक्रम बनाउँदै

हिमाल प्रेस २४ माघ २०८० २१:४१
8
SHARES
डुडुवा गाउँपालिकाले ‘संस्कार’ पाठ्यक्रम बनाउँदै

बाँके-  बाँकेको डुडुवा गाउँपालिकाले ‘संस्कार’को स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ। पछिल्लो समयमा आधुनिकतासँगै घरमा परिवार तथा बालबालिकाले नैतिक र संस्कार बिर्सिन थालेकाले ‘संस्कार’ पालनाका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा लागू गरिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए।

अध्यक्ष चौधरीका अनुसार आगामी शैक्षिक सत्र (२०८१) बाट संस्कारिक (नैतिक)कक्षा सुरुआतका लागि आवश्यक तयारी थालिएको छ। अध्यक्ष चौधरीले भने, ‘त्यसका लागि स्थानीय पाठ्यक्रम निमार्णको कार्य अघि बढेको छ, अहिले समिति निर्माण गरी कार्य प्रारम्भ भएको छ।’

पालिकाअन्तर्गत रहेका सबै विद्यालयमा संस्कारको पाठ्यक्रममार्फत सम्मानलगायतका विषयमा जानकारी गराई त्यसको पालना गराउन पहल सुरु गरिएको हो।

प्रकाशित: २४ माघ २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =