गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

हिमाल प्रेस २४ माघ २०८० २०:५०
12
SHARES
गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु प्रतीकात्मक तस्बिर

अछाम– अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना   बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ।

आज (बुधबार) साँझ जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा ६ वर्षीया निरुता बुढा र ३ वर्षीय अंकीत बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए। दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए। -रासस

प्रकाशित: २४ माघ २०८० २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =