नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२.७७ करोड

हिमाल प्रेस २४ माघ २०८० १७:१२
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२.७७ करोड

काठमाडौँ- नेपाल लाइफले चालु आवको दोस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले जनाएको छ।

कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बिमाशुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमाशुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले समीक्षा अवधिमा रु ३ अर्ब १६ करोड प्रथम बिमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका थियो।

नवीकरण बिमाशुल्क १६ अर्ब ८३ करोड रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्व ९७ करोड रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेको थियो। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ६८२.०५ करोड खुद दाबी भुक्तानी गरेको छ।

प्रकाशित: २४ माघ २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =