क्लोजअप नेपालको लभ नोट्स अभियान

हिमाल प्रेस २४ माघ २०८० १६:३१
क्लोजअप नेपालको लभ नोट्स अभियान

काठमाडौँ- क्लोजअप नेपालले भ्यालेन्टाइन डेका अवसरमा आफ्नो ह्यासट्याग नजिकआऊ (#NajikAau) डिजिटल अभियानलाई निरन्तरता दिएको छ। अभियानको लक्ष्य आपसी आकर्षणलाई सामीप्यतामा बदल्न प्रोत्साहन गर्नु रहेको क्लोजअपले जनाएको छ।

ओरल केयर ब्रान्डका रूपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजनसँग नजिक हुन सधैँ प्रेरित गर्दै आएको छ।

यो डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकले चार विभिन्न कथाको निष्कर्ष निर्धारण गर्न सक्छन्। दर्शकले यी कथालाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चयन गरिएका कमेन्टबाट कथालाई निष्कर्ष दिइनेछ।

साथै क्लोजअप नेपालले एक माइक्रोसाइट www.closeupnajikaau.com पनि ल्याएको छ जसमा सहभागीले दैनिक क्विज खेल्न सक्छन्, आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन् र आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

चयन गरिएका उत्कृष्ट १०० लभ नोट्स नेपालभरिका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुनेछन्। तीन भाग्यशाली सहभागीले काठमाडौँ उपत्यकाको पाँचतारे होटलमा आफ्नो प्रियजनसँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवसहित आकर्षक उपहार जित्ने अवसर पाउने क्लोजअपले जनाएको छ।

प्रकाशित: २४ माघ २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =