किक लाइफस्टाइलको सब–ब्रान्ड नेक्साका तीन उत्पादन दराजमा

हिमाल प्रेस २४ माघ २०८० १७:०७
किक लाइफस्टाइलको सब–ब्रान्ड नेक्साका तीन उत्पादन दराजमा

काठमाडौँ- टेक एसेसरी ब्रान्ड किक लाइफस्टाइलले आफ्नो सब ब्रान्ड नेक्साका तीनवटा उत्पादन सार्वजनिक गरेको छ। १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा २०८० साउन २ मा स्थापित किक लाइफस्टाइल दराजमा तीन हजारभन्दा माथि मूल्यका इयरबडहरु बिक्री गर्ने अग्रणी ब्रान्ड बन्न सफल भएको छ।

कम्पनीले भनेको छ, ‘अतुलनीय मूल्यमा नवीन प्रविधि प्रदान गरेकोले किकले नेपाली बजार कब्जा मात्र गरेको छैन यसको गुणस्तरीय उत्पादनहरुको पोर्टफोलियोले विश्व मञ्चमा  नेपालको नाम पनि राखेको छ।’

कम्पनीले एउटा स्मार्टवाच र दुईवटा इयरबड गरी तीन उत्पादन सार्वजनिक गरेको हो। नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो जसको २.०१ इन्चको एमोलेड डिस्प्ले छ। यसमा एस्पीओ दुई मोनिटरिङ, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोडलगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचर राखिएको कम्पनीले जनाएको छ।

नेक्सा नेबुला एमोलेड स्मार्टवाच ३,१९९ रुपैयाँमा उपलब्ध छ। नेक्सा बड्स एक्स टेन एएनसीमा ३० डीबीको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ। यसको मूल्य २,१९९ रुपैयाँ राखिएको छ।

नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ। यसको मूल्य १,८९९ रुपैयाँ छ।

प्रकाशित: २४ माघ २०८० १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =