बुढाथोकीको शोकमा कांग्रेसले ३ दिन पार्टीको झन्डा आधा झुकाउने

हिमाल प्रेस २३ माघ २०८० १२:०१
10
SHARES
बुढाथोकीको शोकमा कांग्रेसले ३ दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ।

आज बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले  माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।

यस्तै कांग्रेसले नेता बुढाथीकीको शोकमा पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने छ ।

स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गरिने उनको भनाइ छ। माघ १३ गतेदेखि जारी कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि स्थगित भएको छ।

कांग्रेस केन्द्रीय सदस्य, सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो।

प्रकाशित: २३ माघ २०८० १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =