काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान

हिमाल प्रेस २२ माघ २०८० १२:०७
2
SHARE
काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान प्रतीकात्मक तस्बिर।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ।

महाराजगञ्ज-लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र-बालुवाटार-नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर-थापाथली- माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल-बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिएका हुन्।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो। महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो।

पौडेलका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन्।

यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन्। ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन्।

यसका लागि १७७ वटा पोल प्रयोग भएका छन्। बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ।

प्रकाशित: २२ माघ २०८० १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =