किड्जीद्वारा प्रारम्भिक बाल हेरचाह र शिक्षासम्बन्धी तालिम

हिमाल प्रेस २२ माघ २०८० ११:५४
किड्जीद्वारा प्रारम्भिक बाल हेरचाह र शिक्षासम्बन्धी तालिम

काठमाडौँ- नेपालमा प्रगतिशील प्रिस्कुल फ्रेन्चाइजी किड्जीले दुईवटा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। समावेशी शिक्षालाई प्रवर्धन गर्न, बालबालिकाको आवश्यकता बुझ्न र विशेष आवश्यकताका बालबालिकाहरु (अटिजम) का लागि पहिचान र हेरचाहसम्बन्धी तालिम आयोजना गरिएको स्कुलले जनाएको छ।

कार्यक्रमको नेतृत्व जी लर्न लिमिटेड, भारतकी शैक्षिक प्रबन्धक नेहा अवस्थीले गरेकी थिइन्। विशेष आवश्यकताका बालबालिकाका लागि वातावरण सुनिश्चित गर्न अटिजम केयर नेपाल सोसाइटीसँग आबद्ध रुजु पोखरेल र मञ्जु महर्जन पनि नेतृत्व टोलीमा थिए।

कार्यक्रमको लक्ष्य शैक्षिक र सीप विकास मात्र नभई बालबालिकाको भावनात्मक विकासको वातावरण प्रदान गर्नु रहेको स्कुलले जनाएको छ।

किड्जी भैसेपाटी, धापासी, कलंकी, इमाडोल, बानेश्वर, सातदोबाटो, सानेपा, जोरपाटी, विशालनगर, बौद्ध, चितवन, वीरगन्ज, जनकपुर र विराटनगर गरी नेपालका १४ स्थानमा सञ्चालित छ। प्रारम्भिक बाल हेरचाह र शिक्षाप्रति किड्जीको दृष्टिकोणले यी बालबालिकाहरुको भविष्यका लागि बलियो आधारका रूपमा सेवा गरिरहेको स्कुलको दाबी छ।

नयाँ पुस्ताका आवश्यकता पूरा गर्न, किड्जीले बालबालिकाहरुलाई उत्कृष्ट शिक्षा र सेवा प्रदान गर्न आफ्नो पाठ्यक्रमलाई निरन्तर रुपमा अपग्रेड गर्ने कुरामा ध्यान केन्द्रित गर्दछ।

प्रकाशित: २२ माघ २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =