महासमिति बैठकका लागि कांग्रेसले तोक्यो ८ उपसमिति संयोजक

हिमाल प्रेस २१ माघ २०८० १३:३४
4
SHARES
महासमिति बैठकका लागि कांग्रेसले तोक्यो ८ उपसमिति संयोजक कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म महासमिति बैठक आयोजना गर्दैछ। बैठकको तयारीका लागि पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न उपसमितिको संयोजक तोकेका छन्। देउवाले आठ नेतालाई उपसमिति संयोजक तोकेका हुन्। महासमिति बैठक ललितपुरको गोदावरीमा हुदैँछ।

देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई तोकेका छन्। त्यस्तै भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणा, यातायात व्यवस्थापनमा धना खतिवडा, आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी. र प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ तोकिएका छन्।

प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्मा र प्रदेश समन्वय उपसमिति संयोजक बानियाँ बाहेक तोकिएका सबै जना ललितपुर जिल्लाका हुन्। महासमितिको मूल समितिका संयोजक भने सभापति देउवा आफैँ हुन्।

प्रकाशित: २१ माघ २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =