नेसनल लाइफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण

हिमाल प्रेस १९ माघ २०८० १२:१७
नेसनल लाइफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण

काठमाडौँ-  नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरूलाई लुम्बिनी र पाल्पाको रानीमहल भ्रमण गराएको छ। मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत भ्रमण गराएको हो।

कार्यक्रममा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भएका चार सयजना भन्दा बढी वरिष्ठ अभिकर्ताहरू सहभागी थिए। सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ।

कँडलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरुबीच एकआपसमा अन्तक्र्रिया र मनोरञ्जन प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा समेत प्रत्यक्ष लाभ पुर्‍याउने बताए।

सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यावसायिक लक्ष्य पूरा गरी कम्पनीलाई बिमा बजारमा अग्र स्थानमा पु¥याउन अभिकर्ताहरूको महत्त्वपूर्ण भूमिका हुने बताए।

प्रकाशित: १९ माघ २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =