एनसेल फोरजी : सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार

हिमाल प्रेस १८ माघ २०८० १४:३९
2
SHARE
एनसेल फोरजी : सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार

काठमाडौँ- एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरुले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएको दाबी एनसेलको छ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले यी स्थानका फोरजी सेवामा थप सुधार गरेकोे हो। देशका अन्य स्थानमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

हाल फोरजी सेवा सुधार गरिएका स्थानीय स्तर तथा क्षेत्रहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा छन्। त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर छन्।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको छ।

प्रकाशित: १८ माघ २०८० १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =