अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’मोडलमा चलाउन अध्ययन समिति गठन

हिमाल प्रेस १८ माघ २०८० १३:२६
10
SHARES
अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’मोडलमा चलाउन अध्ययन समिति गठन

काठमाडौँ- सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निजी तथा सार्वजनिक साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक तथा निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरेको हो।

अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सह-सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको ५ सदस्यीय समिति बनेको हो।

उमाशंकर योजना आयोगको सदस्यमा नियुक्त

निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

प्रकाशित: १८ माघ २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =