निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

हिमाल प्रेस १८ माघ २०८० १३:३६
30
SHARES
निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

काठमाडौँ- नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई निगमको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। राई यसअघि वायुसेवा निगमको सञ्चालक सदस्य थिए।

सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले रौतहटका उमाशंकर प्रसादलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो। सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार आजको बैठकले देशका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति पनि गठन गरेको छ।

प्रकाशित: १८ माघ २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =