उमाशंकर योजना आयोगको सदस्यमा नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रौतहटका उमाशंकरलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो। सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार आजको बैठकले देशका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति पनि गठन गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’मोडलमा चलाउन अध्ययन समिति गठन