माछापुच्छ्रे बैंकले  दियो विपन्न विद्यार्थीलाई ३१० थान  स्विटर

हिमाल प्रेस १८ माघ २०८० १४:४७
माछापुच्छ्रे बैंकले  दियो विपन्न विद्यार्थीलाई ३१० थान  स्विटर

काठमाडौँ- माछापुच्छ्रे बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ। बैंकले आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुरस्थित श्री आधारभूत विद्यालय सिवाई बेल्हा र श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीलाई विद्यालय पोसाकअनुसारको रङको स्विटर वितरण गरेको हो।

यसैगरी बैंकले मधेश प्रदेशको सिरहास्थित जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीलाई पनि जाडोको न्यानो स्विटर हस्तान्तरण गरेको छ। बैंकले विद्यालयहरुसंगको समन्यवमा ती विद्यालयमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गर्दै ३१० थान स्विटर वितरण गरिएको जनाएको छ।

प्रकाशित: १८ माघ २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =