बोल्टका उत्पादन नेपालमा उपलब्ध

हिमाल प्रेस १८ माघ २०८० १३:३६
बोल्टका उत्पादन नेपालमा उपलब्ध

काठमाडौँ- भारतीय अडियो कम्पनी बोल्टको इयर-बड र स्मार्ट-वाच नेपालमा उपलब्ध हुने भएका छन्। यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

वरुण गुप्ता र तरुण गुप्ताद्वारा २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन-इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरु डिजाइन र निर्माण गर्दै आएको छ। हालसम्म २ करोडभन्दा बढी उत्पादन बिक्री गरिसकेको कम्पनीले जनाएको छ।

जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले ग्राहकका विभिन्न माग र आवश्यकताबमोजिमका बोल्ट स्मार्टवाच र ट्रु वायरलेस स्टेरियो इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउन लागेको हो।

पछिल्लो समय अडियो एसेसरिजहरुको माग तीब्र गतिमा बिक्री भइरहेको छ। बोल्टले भारतमा आक्रामक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ। नेपाल पनि कम्पनीको प्रमुख बजार हुन सक्ने कम्पनीले विश्वास लिएको छ।

प्रकाशित: १८ माघ २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =