तीन दिनमा ७० अर्बको तरलता खिच्दै राष्ट्र बैंक

हिमाल प्रेस १८ माघ २०८० १२:३६
4
SHARES
तीन दिनमा ७० अर्बको तरलता खिच्दै राष्ट्र बैंक राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तीन दिनमा ७० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। मगंलबार र बुधबार ५० अर्ब तरलता तानेको बैंकले बिहीबार २० अर्ब तरलता खिच्ने भएको हो।

बैंकिङ प्रणालीमा अपधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब तरलता खिच्नेको छ। बुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्नेको बैंकले मंगलबार २० अर्ब रुपैयाँ तानेको थियो।

माघ १७ गतेसम्म ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको बैंकले जनाएको छ।

माघमा यो पाँचौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकले बजारमा पैसा तान्न लागेको हो। यसअघि केन्द्रीय बैंकले माघ १६ गते २० अर्ब रुपैयाँ, माघ ९ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ३ गते ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।

यस्तै, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको माघ २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो। बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको जनाएको छ।

प्रकाशित: १८ माघ २०८० १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =