सत्ताच्युत भएको एमाले गठबन्धन तोड्न लागिपरेको छ : माधवकुमार नेपाल

हिमाल प्रेस १४ माघ २०८० १४:१३
10
SHARES
सत्ताच्युत भएको एमाले गठबन्धन तोड्न लागिपरेको छ : माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सत्तागठबन्धन फुटाउन प्रयासरत रहेको आरोप लगाएका छन्। पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै नेपालले सत्ताच्युत भएर प्रतिपक्षमा पुगेको एमालेले गठबन्धन तोड्न प्रयास गरिरहेको बताएका हुन्।

उनले कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनबारे पनि गठबन्धन दलले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

‘प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छन्। विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्ध तोड्न उद्धत छ,’ उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबिच भागबन्डा भएको थियो। तर कोसीमा भोट क्रसिङ भयो र महिला क्लस्टरमा एमाले उम्मेदवार निर्वाचित हुन पुगे। यो घटना सबै दलका लागि छलफलको विषय हुन पुगेको छ।’

प्रकाशित: १४ माघ २०८० १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =