कुष्ठरोग : यसका लक्षण, चिह्न र उपचार विधि

हिमाल प्रेस १४ माघ २०८० ७:४७
28
SHARES
कुष्ठरोग : यसका लक्षण, चिह्न र उपचार विधि प्रतिनिधिमुलक तस्बिर

कुष्ठरोग- जसलाई ह्यान्सेन रोग पनि भनिन्छ। विश्व कुष्ठरोग दिवस प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्वभर मनाइन्छ।

कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो। कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे नामक शुष्म किटाणुको कारणले हुने दीर्घकालीन संक्रामक रोग हो। कुष्ठरोग देवी देवताको श्राप, नाग लागेर, पूर्वजन्मको परिणाम वा बंशाणुगतको कारणले लाग्ने रोग भने होइन।

यो रोगले छाला र सतहको स्नायुलाई असर गर्छ। कुष्ठरोग बाल्यकालदेखि बुढ्यौलीसम्म सबै उमेरमा देखापर्दछ। तर ५ वर्ष भन्दा मुनि र ६० वर्ष भन्दा माथिका मानिसहरुमा यो रोग कम लागेको पाइएको छ।

कुष्ठरोगको लक्षण र चिह्नहरू
-शरीरमा नचिलाउने रातो तथा फुस्रो दागर दागहरु देखापर्नु
-हात खुट्टा झमझमाउनु वा स्पर्श शक्ति हराउनु
-हात खुट्टा तथा आँखाको मांसपेशिहरु कमजोर हुदै जानु
-स्न्यायुहरु सुन्निनु वा पिडा हुनु तथा जोर्नीहरू दुख्नु
-कानको लोती बाक्लो हुदै जानु
-अनुहारको छाला रातो, बाक्लो र चिल्लोर चम्किलो हुनु वा आँखी भौंहरु झर्नु
-शरीरमा दुख्नेर नदुख्ने गिर्खाहरु देखा पर्नु
-हात खुट्टामा नदुख्ने घाउहरुरपानी भरिएको फोकाहरु भएमा
-यदि कुनै व्यक्तिमा माथि उल्लेखितमध्ये एक वा सो भन्दा बढी लक्षण तथा चिन्हहरु देखापरेमा प्ररम्भिक रुपमा नै कुष्ठरोग निदानको लागि नजिकैको स्वास्थ्य सस्थामा जानु पर्दछ।

उपचार
कुष्ठरोगको उपचार बहु-औषधि उपचार पद्धतिद्वारा गरिन्छ। बहु-औषधि उपचार पद्धति भन्नाले यस रोगको उपचारमा प्रयोग हुने दुई वा तीन किसिमको औषधिको समिश्रण हो। बहु-औषधिको एक मात्रा सेवन गर्दा पनि उपचार प्रभावकारी भइ रोगलाई तुरुन्तै अरुलाई नसर्ने गराउँदछ। बहुऔषधि गर्भवति महिला, सुत्केरी, स्तनपान गराइरहेका महिला तथा बच्चाहरुले पनि सेवन गर्न मिल्छ।

गम्भीर रक्तअल्पता, हेपाटाइटिस, मिर्गौला रोग, गम्भीर प्रकृतिका रोग भएका र औषधिको एलर्जी हुनेले बहु( औषधि सेवन गर्न मिल्दैन। औषधि सेवनपछि यो रोग निको हुन्छ। सरकारी अस्पताल, प्रेषण केन्द्र, प्रथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ।

कम किटाणु भएका (पिबि) बिरामीले ६ महिना र बढी किटाणु भएका (एमबि) बिरामीले १२ महिनासम्म नियमित औषधि खानुपर्छ तर बिरामीको रोगको अवस्था अनुसार विशेषज्ञ डाक्टरको सल्लाह अनुसार औषधि थप गरि २ वर्षसम्म पनि खानुपर्ने हुनसक्छ।

कुष्ठरोगका बिरामीले जीवनभर भने औषधि खाइरहनु पर्दैन। कुष्ठरोगको बोझ कम गर्ने प्रमुख रणनीतिहरू प्रारम्भिक रोग निदान र बहुऔषधि उपचार पद्धति हुन्।

भर्खरै स्वास्थ सेवामा प्रवेश भएका स्वास्थ्यकर्मीहरूको लागि अपर्याप्त तालिम र अभिमुखीकरण साथै कुष्ठरोग सम्पर्क व्यक्तिहरूको लागि पुनस् ताजा तालिम र प्रबन्धहरू नहुनुको कारण कुष्ठरोगको समयमै निदान र उपचारमा समेत चुनौती थपिएको छ। स्वास्थ्यखबरबाट साभार

 

प्रकाशित: १४ माघ २०८० ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =