एकीकृत समाजवादीले कार्यकर्तासँग मागेको सुझावमा के छ?

हिमाल प्रेस ११ माघ २०८० १४:५९
8
SHARES
एकीकृत समाजवादीले कार्यकर्तासँग मागेको सुझावमा के छ?

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिइरहेको छ। समाजवादीले प्रदेश, जिल्ला र स्थानीय तहमा संशोधन प्रस्ताव पठाएर सुझाव लिइरहेको छ। सुझावसहितको  प्रतिवेदनलाई समाजवादीले आउँदो राष्ट्रिय सम्मेलन (केन्द्रीय परिषद्)मा राख्नेछ।

समाजवादीले कार्यकर्तालाई २९ बुँदामा प्रस्ताव पठाएको हो। प्रस्तावमा विधानसहित अब कुनकुन बनाउनेबारे विकल्प दिइएको छ। समाजवादीले केन्द्रीय कमिटी र अन्य कमिटीहरू कतिको संख्यामा बनाउने बारेमा प्रश्न गरेको छ।

हाल पार्टी नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान-२०७८ बाट सञ्चालित छ। अब बन्ने विधानलाई नेकपा (एकीकृत समाजवादी) को विधान-२०८१ भनिएको छ। समाजवादीमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट परिषद् गरी आठवटा केन्द्रीय निकाय छन्।

प्रस्तावमा अब कति तह बनाउने भनेर सोधिएको छ।

समाजवादीले दुई संशोधनका प्रस्ताव पठाएको छ। पहिलो प्रस्तावमा हुबहु विकल्प दिएको छ भने दोस्रो विकल्पमा राष्ट्रिय महाधिवेशन परिषद् सुरुमा र अन्तिमा केन्द्रीय दिइएको छ।

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि ककसलाई चुन्ने भन्ने सुझाव माग गरिएको छ। हाल केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी एवं सदस्यहरू, केन्द्रीय कमिटीद्वारा निर्धारित महाधिवेशनका प्रतिनिधि निर्वाचन क्षेत्रका संगठित सदस्यहरूबाट केन्द्रीय कमिटीले तोकेको संख्यामा निर्वाचित प्रतिनिधिहरू, उपधारा १, २ र ३ मा उल्लिखित सबै हुन् भनिएको छ।

समाजवादीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि ककसलाई बनाउने भनेर कार्यकर्तासँग सोधेको छ। विकल्प एकमा अहिलेकै व्यवस्था दिएको छ भने विकल्प दुईमा केन्द्रीय कमिटीले निर्धाण गरेको निर्वाचन क्षेत्रबाट निर्वाचित र उपधारा १ बमोजिम निर्वाचित प्रतिनिधिहरूको कुल संख्याको पाँच प्रतिशतभन्दा बढी नहुने गरी केन्द्रीय कमिटीबाट मनोनीत भनिएको छ।  अहिले सचिवालय बनाउने वा नबनाउनेबारे समाजवादीमा विवाद छ।

गत केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताले सचिवालय बनाउन नहुने तर्क गरेको उपमहासचिव गंगाधर तुलाधर बताउँछन्। अर्को प्रश्नमा महाधिवेशन काम के हुनेबारे सुझाव लिइएको छ। जहाँ केन्द्रीय परिषद्का सदस्यहरूको निर्वाचन गर्ने छ र अब के काम दिनेबारे सोधेको छ।

केन्द्रीय कमिटी 

समाजवादीले केन्द्रीय कमिटी कस्तो बनाउने भन्ने बारेमा सुझाव लिएको छ। केन्द्रीय कमिटी अध्यक्ष १, सम्मानित नेता १, नेता २, उपाध्यक्ष ७, महासचिव १, उप महासचिव ५, सचिव ७ गरी जम्मा २४ जना पदाधिकारीसहित ३५१ सदस्यीय छ।

पहिलो विकल्पमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष, महासचिव १, उपमहासचिव र सचिव गरी पदाधिकारीसहित १५९ पूर्ण र १६ वैकल्पिक सदस्य बनाउने प्रस्ताव गरिएको छ। यसअन्तर्गत केन्द्रीय कमिटी १७५ सदस्यीय बनाउने प्रस्ताव छ।

दोस्रो विकल्पमा सचिवालय सदस्यहरू, विभाग प्रमुख, फाँट इन्चार्ज २०, मोर्च र महासंघ इन्चार्ज ३, सम्पर्क ७, प्रवास २, कार्यालय सचिव १ गरी जम्मा १५९ पूर्ण र १६ वकल्पिक गरी जम्मा १७५ जना बनाउने प्रस्ताव गरिएको छ।

केन्द्रीय कमिटीमा एकतिहाई महिला रहने प्रस्ताव छ। हाल समाजवादीमा केन्द्रीय कमिटीभित्र पदाधिकारीसहित ४५ सदस्यीय स्थायी कमिटी र स्थायी कमिटी सदस्यहरुसहितको ११५ सदस्यीय पोलिटब्युरो छ।

पहिलो विकल्पमा केन्द्रीय कमिटीभित्र पदाधिकारीसहित ५७ सदस्यीय पोलिटब्युरो र १९ सदस्यीय स्थायी कमिटी प्रस्ताव पठाइएको छ। दोस्रो विकल्पमा केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५७ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित १९ सदस्यीय स्थायी कमिटी प्रस्ताव पठाएको छ। समाजवादीले प्रदेश प्रतिनिधि, प्रदेश कमिटी, स्थानीय निकाय र स्थानीय परिषद्का बारेमा पनि सुझाव मागेको छ।

प्रदेश कमिटी

समाजवादीको प्रदेश कमिटीमा प्रत्येक जिल्लाबाट १ महिला, १ दलित, १ अन्य समावेशी क्षेत्रसहित ७ जना, प्रत्येक प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रबाट १ महिलासहित ३ जना र प्रदेशमा कमिटी रहेका पार्टीका घोषित जनवर्गीय, पेसागत, व्यावसायिक र सामुदायिक संगठनबाट १ जना महिलासहित ३ जना र खुला ११५ जना रहने व्यवस्था छ।

अब कस्तो बनाउने भन्ने बारेमा विकल्प १ मा समाजवादीले तीन सयभन्दा कम संगठित पार्टी सदस्य भएको जिल्लाबाट एक महिला र एक दलितसहित तीन जना, तीनसयदेखि एक हजारसम्म संगठित पार्टी सदस्य भएको जिल्लाबाट दुई महिला र एक दलितसहित छ जना, एक हजार एकदेखि तीन हजारसम्म संगठित पार्टी सदस्य भएको जिल्लाबाट तीन महिला र एक दलितसहित नौ जना, तीन हजारभन्दा बढी संगठित पार्टी सदस्य भएको जिल्लाबाट चार महिला, एक दलितसहित बाह्र जना, पेशागत, व्यवसायिक र सामुदायिक महासङ्घका प्रदेश समिति बनेका भए प्रत्येकबाट एक महिलासहित तीन जना, महिला, युवा र विद्यार्थी संगठन प्रत्येकबाट एक महिलासहित तीन जना, अन्य जनसंगठन प्रत्येकबाट एकजना, खुला सत्र जना महिलासहित पचास जना रहने प्रस्ताव राखेको छ।

दोस्रो विकल्पमा हरेक प्रदेश-विशेष प्रदेशमा देहायका सदस्य रहेको एक प्रदेश परिषद् रहने भनिएको छ, जहाँ प्रदेश कमिटी, प्रदेश सल्लाहकार परिषद् र प्रदेश ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी एवं सदस्यहरु, प्रदेशभरका प्रत्येक प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रबाट १ महिलासहित ३ जना, प्रदेशमा कमिटी रहेका पार्टीका घोषित जनवर्गीय, पेशागत, व्यवसायिक र सामुदायिक संगठन प्रत्येकबाट १ जना महिलासहित ३ जना र  खुला सत्र जना महिलासहित पचास जना रहने प्रस्ताव गरेको छ।

प्रदेश कमिटीको संरचनाबारे पनि प्रस्ताव राखेको छ। जहाँ अहिले प्रदेश-विशेष प्रदेश कमिटीमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, उपसचिव ५ (महिला १ र समावेशी १) प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिला १, समावेशी १ सहित ३ जना र युवा तथा विषय विज्ञहरुको गचित प्रतिनिधित्व हुने गरी बढीमा थप १२५ जना, प्रदेश कमिटीमा कम्तिमा एकतिहाइ सदस्य महिला छन्।

अब प्रदेश-विशेष प्रदेश कमिटीमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव १ पदाधिकारी तय गरेको छ। प्रदेश कमिटीको कुल सदस्य संख्या प्रदेशमा जति प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन् त्यत्ति र थप १५ जना हुनेछ।

स्थानीय कमिटी

समाजवादीले स्थानीय कमिटीबारे पनि सुझाव मागेको छ। जिल्ला-विशेष जिल्ला अधिवेशन,  जिल्ला-विशेष जिल्ला परिषद्, जिल्ला कमिटी-विशेष जिल्ला कमिटी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी,. महानगर-उपमहानगर-नगर अधिवेशन, महानगर-उपमहानगर-नगर परिषद्,  महानगर-उपमहानगर-नगर कमिटी, गाउँ अधिवेशन, गाउँ परिषद्, गाउँ कमिटी, वडा अधिवेशन, वडा परिषद्, वडा कमिटी, प्रारम्भीक परिषद्, प्रारम्भिक कमिटी निकाय रहनेछन्।

हाल स्थानीय कमिटी १६ वटा रहेका थिए तर अब १३ कमिटी मात्र प्रस्ताव गरिएको छ।

हाल स्थानीय कमिटीमा अध्यक्ष-१, उपाध्यक्ष-२, सचिव-१, उप-सचिव-३ (१ महिलासहित) रहेको छ। अब भने अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उप-सचिव १ र सदस्यहरू रहने प्रस्ताव गरिएको छ। अर्को विकल्पमा सबै स्थानीय कमिटीमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उप-सचिव १ र सदस्यहरू रहनेछन्।

हाल एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला कमिटी बढीमा १५१ सदस्यीय र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा एक निर्वाचन क्षेत्र बराबर थप ५ का दरले संख्या थप गरिने छ।

विशेष जिल्ला कमिटी १५१, महानगर कमिटी १५१, उपमहानगर कमिटी १२५, नगर कमिटी ९९, गाउँ कमिटी ७५,  महानगर वडा कमिटी ७५, उपमहानगर वडा कमिटी ५५, नगर र गाउँ वडा र शाखा कमिटी ३५, १०. प्रारम्भिक कमिटी २५, रहेको छ। अब यसलाई कस्तो बनाउने बारे समाजवादीले सुझाव मागेको छ।

प्रकाशित: ११ माघ २०८० १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =