यस्तो छ कोशीका मुख्यमन्त्रीको सय दिनको प्रगति [सूचीसहित]

हिमाल प्रेस ८ माघ २०८० १८:४४
8
SHARES
यस्तो छ कोशीका मुख्यमन्त्रीको सय दिनको प्रगति [सूचीसहित]

इटहरी– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेशमा सर्वसम्मत सभामुख चयन भएको विषयलाई समेत उपलब्धि मानेका छन्।

उनले भने ‘प्रदेशमा राजनीतिक स्थिरताका लागि लामो समयदेखि नेतृत्वबिहिन बनेको प्रदेशसभामा सहमतीय संस्कारअनुसार सभामुख सर्वसम्मत निर्वाचित गरी जनताको आवाज मुखरित गराउन सफल भएका छौँ।’

विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्रको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका-१६ पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रस्टसँग सम्झौता, प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चार वटा निजी अस्पतालबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु लगायतका विषयलाई उनले सय दिनको उपलब्धिमा राखेका छन्।

यस्तै, प्रदेशको नामकरण भएदेखि आन्दोलनरत पहिचान पक्षधरको समस्या समाधानका लागि वार्ता समिति गठन भएको विषयलाई समेत सफलताको रूपमा लिएको मुख्यमन्त्री कार्कीले बताए।

यस्तो छ उपलब्धिको विवरण

प्रकाशित: ८ माघ २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =