बैंकको पत्र देखाउँदै रवि लामिछानेले भने : मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएकै छैन

हिमाल प्रेस ८ माघ २०८० १७:४३
62
SHARES
बैंकको पत्र देखाउँदै रवि लामिछानेले भने : मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएकै छैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको दाबी गरेका छन्। ग्लोबल आईएमई बैंकमा रहेको आफ्नो खातामा सहकारीबाट निकालिएको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचार प्रकाशित भएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन्।

‘मेरो खातामा एक करोड ८० लाख आयो भनिएको छ। यो कुराको पुष्टि हुने आधार छैन। मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको छैन’ सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले भने।

ग्लोबल आईएमई बैंकबाट आफ्नो खातामा त्यो परिमाणको रकम जम्मा नभएको व्यहोराको बैंकले दिएको पत्र पनि उनले त्यहाँ सार्वजनिक गरे।

‘बैंकले मेरो खातामा त्यस परिमाणको रकम चेकमार्फत जम्मा नभएको पत्र दिएको छ’, उनले भने, ‘बैंकबाटै पत्र आइसकेपछि मैले थप प्रष्टीकरण दिइरहनु परेन। बैंकले नै जम्मा नभएको भनिसकेपछि मेरो खातामा रकम आउँदा घण्टी बज्दा थाहा पाएन भनेर प्रश्न गर्नै परेन।’

ग्लोबल आइएमई बैंकले भन्यो : रवि लामिछानेको खातामा एक करोड ८० लाख जम्मा भएको छैन

प्रकाशित: ८ माघ २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =