रेड्मी १३ सी स्मार्टफोन नेपालमा

हिमाल प्रेस ४ माघ २०८० १७:४७
रेड्मी १३ सी स्मार्टफोन नेपालमा

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपालमा रेड्मी १३ सी भित्र्याएको छ। मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरसहित उपलब्ध रेड्मी १३ सीको उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ। साओमीले रेड्मी १२ सीको सफलताका रूपमा आफ्नो नयाँ इन्ट्री लेभल स्मार्टफोन रेड्मी १३ सी ल्याएको हो।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘रेड्मी १३ सीको स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेछ भन्ने हामीलाई विश्वास लिएका छौँ।’

रेड्मी १३ सी १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ। जसले स्मुथ पर्फरमेन्स सुनिश्चित गर्दछ। रेड्मी १३ सी ६ जीबी+१२८ जीबी र रेड्मी सी–शृंखलामा पहिलोपटक ८जीबी+२५६ जीबी भेरिएन्टहरूमा उपलब्ध छ।  रेड्मी १३ सी १६८ एमएमको लम्बाइ, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाइ तथा १९२ ग्राम तौलमा उपलब्ध छ।

रेड्मी १३ सि १६००ह७२० को रिजोल्युसनका साथ ६.७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ जसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्दछ। यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेटसमेत प्रदान गर्दछ।

रेड्मी १३ सीमा ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामरा रहेको छ। यसै गरी फोनमा नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचर पनि उपलब्ध छन्। यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपीएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ।।

रेड्मी १३ सीको ५००० एमएचको ब्याट्रीले १८ वाटको पीडी चार्जिङ र युएसबी टाइप सि सपोर्ट गर्दछ । १० वाटको एडाप्टरसहित आउने यस रेड्मी १३ सीलाई कम्पनीले अप्टिमल चार्जिङका लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ। रेड्मी १३ सी ६+१२८ जीबी र ८+२५६ जिबी को स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन आकर्षक रङमा उपलब्ध हुनेछ।  त्यस्तै ६+१२८ जीबी र ८+२५६ जीबी भेरियन्टको मूल्य १५ हजार ९९९ र १८ हजार ९९९ रुपैयाँ रहेको छ।

प्रकाशित: ४ माघ २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =