पुसमा मात्रै बिदेसिए ६५ हजार ८१३ युवा

हिमाल प्रेस ४ माघ २०८० ११:३४
20
SHARES
पुसमा मात्रै बिदेसिए ६५ हजार ८१३ युवा

काठमाडौँ- पुसमा ६५ हजार ८ सय १३ नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पुसमा म्यानपावर कम्पनीबाट २६ हजार ७ सय २३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका छन्।

यस्तै, पुनः श्रम स्वीकृतिमा जानेको संख्या ३१ हजार ३ सय ९८ रहेको छ। यो संख्या म्यानपावर कम्पनीबाट गएका भन्दा साढे ५ हजार भएको विभागले जनाएको छ।

पुसमा यूएईमा धेरै नेपाली गएका छन्। म्यानपावर कम्पनी र नयाँ श्रम स्वीकृति लिएर १३ हजार ८ सय ६० पुरुष र २ हजार ५ सय २५ जना महिला गएको विभागको तथ्यांकमा छ।

यूएईपछि साउदी जाने नेपालीको संख्या १४ हजार ३ सय ७ रहेको छ। कतार १४ हजार १८ जना, मलेसिया ८ हजार ९१ जना, कुवेत ३ हजार ५ सय १८ जना, जापान ७ सय ९० जना, बहराइन ४ सय १५ जना र हङकङ ९ जना गएको विभागको तथ्यांक छ।

यस्तै, पुसमा मात्र रोमानियामा १ हजार ५८, बेलायतमा १ सय ८७, क्रोएसियामा ५ सय ५८, स्लोभाकियामा ४१, साइप्रसमा ३ सय ५७, माल्टामा २ सय ६३, पोल्याण्डमा १ सय ८३, सर्बियामा १ सय ३५ र टर्कीमा २० जना नेपाली कामदार गएको विभागको तथ्यांका छ।

प्रकाशित: ४ माघ २०८० ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =