वैदेशिक रोजगारीमा रहेका २ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

हिमाल प्रेस ३० असार २०८० १७:३२
4
SHARES
वैदेशिक रोजगारीमा रहेका २ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौँ- वैदेशिक रोजगारीमा रहेका २ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध भएका छन्। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका २ लाख १६ हजार ८२ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन्।

सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअघि कोषमा सूचीकृत हुनुपर्छ।

कोषमा औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन्। कोषमा हालसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कूल ६ लाख ३९ हजार एक सय ७४ श्रमिक सूचीकृत भएका छन्। कोषले विभिन्न सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई पाँच अर्ब एक करोड दाबी भुक्तानी गरिएको छ।

कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। उनका अनुसार हालसम्म ३६ अर्ब २६ करोड रुपैयाँ योगदान रकम संकलन गरिएको छ। कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ।

प्रकाशित: ३० असार २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =