न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जकिन्डाको गरिन् विहे

हिमाल प्रेस २९ पुष २०८० ७:४५
6
SHARES
न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जकिन्डाको गरिन् विहे

काठमाडौँ- न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जकिन्डा आर्डेनले विवाह गरेकी छिन्। उनले प्रेमी क्लार्क गेफोर्डसँग शनिवार विवाह गरेकी हुन्।

परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो। न्युजिल्यान्डको नर्थ आइल्यान्डको हक्स बेमा कडा सुरक्षाबीच सो समारोह आयोजना गरिएको थियो।

सो समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।

जकिन्डा र क्लार्कबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ। उनीहरूबीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो। तर कोभिड–१९ महामारीका कारण स्थगन गरिएको थियो।

प्रकाशित: २९ पुष २०८० ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =