राप्ती नदीमा बस दुर्घटना : १२ जनाको मृत्यु, २३ घाइते

हिमाल प्रेस २८ पुष २०८० ७:०२
16
SHARES
राप्ती नदीमा बस दुर्घटना : १२ जनाको मृत्यु, २३ घाइते

काठमाडौँ- दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ।

बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको थियो।

प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परी सातजनाको घटनास्थलमै मृत्यु भएको थियो।

उपचारका क्रममा तीन जनाको भालुबाङ स्वास्थ्य चौकी र दुई जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट र बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान खुलेपनि अन्य १० जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बसमा ३५ जना यात्रु रहेको र २३ जना घाइते भएका छन्।घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ पुष २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =