पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

हिमाल प्रेस २५ पुष २०८० १६:४४
46
SHARES
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

सुर्खेत- नेपाल पुलिस क्लब सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनलमा पुलिसले साविक विजेता आर्मीलाई हराउँदै उपाधि नजिक पुगेको हो।

अपराजित हुँदै सेमिफाइनल पुगेको आर्मीलाई पुलिसले २५-२१ मा पराजित गर्‍यो। दोस्रो सेटमा पनि पुलिसले २५-२३ ले नतिजा आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेटमा ४-४ को बराबरीबाट लगातार ९ अंक जोड्दै अघि बढेको पुलिसले जित सहजै आफ्नो पक्षमा पारेको थियो। त्यसपछि दबाबमा रहेको आर्मीलाई २५-१९ मा हराउँदै पुलिसले एपीएफसँगको भेट पक्का गरेको हो।

यस्तै आजै भएको अर्को खेलमा साविक विजेता एपीएफ क्लब फाइनलमा पुगेको छ। एपीएफले गण्डकीलाई २५-२३,२५-२० र २५-१५ ले पराजित गरेको थियो। पहिलो सेटमा १०-९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन सकेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =