कोरियन भाषा परीक्षा माघ ६ गते देखि ३ चरणमा सञ्चालन हुने

हिमाल प्रेस २५ पुष २०८० १३:१३
30
SHARES
कोरियन भाषा परीक्षा माघ ६ गते देखि ३ चरणमा सञ्चालन हुने

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ। उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने वैदेशिक रोगगार ईपीइस शाखाले जनाएको छ।

पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ।

पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने,दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिनेगरी एचआरडी कोरियाले कार्यतालिका बनाएर पठाएको शाखाले जनाएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा तालिका पठाएको बताए। उनको अनुसार सोहीअनुसार शाखाले पनि तयारी गरिरहेको छ।

उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए। भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २१ हजारभन्दा बढीको आवदेन परेको शाखाले जनाएको छ।

प्रकाशित: २५ पुष २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =