राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठबन्धनको समिति गठन

हिमाल प्रेस २४ पुष २०८० २१:५३
8
SHARES
राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठबन्धनको समिति गठन फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ।

सत्ता गठबन्धनको मंगलबार साँझ बसेको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनीष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो।

समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए। समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।

प्रकाशित: २४ पुष २०८० २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =