पोखरा महोत्सवमा २३० स्टल

हिमाल प्रेस २४ पुष २०८० २०:५९
4
SHARES
पोखरा महोत्सवमा २३० स्टल

पोखरा- युनाइटेड क्लब आयोजनामा बिहीबारदेखि हुने १२ औँ पोखरा महोत्सवको तयारी पूरा भएको छ। महोत्सवस्थल अमरसिंहचौरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए। पुस २६ देखि माघ ८ सम्म हुने यो महोत्सवमा करिब २ सय ३० स्टल रहनेछन्।

महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आएको क्लबले यसपालि बचत रकम लेखनाथको अर्चलेस्थित आफ्नो ४ रोपनी १४ आना जग्गामा विपन्न विद्यार्थीका लागि आवासीय छात्रावास निर्माण र सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणका लागि रकम छुट्याउने संयोजक श्रेष्ठले बताए।

१२ दिनसम्म चल्ने महोत्सवको साढे २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सवको उद्देश्य कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पुर्‍याउने, सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, प्रदेशका पर्यटकीयस्थल एवं उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सबै कलाकारको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पु¥याउने र उद्योगको प्रवर्धन गर्ने रहेको जनाइएको छ।

महोत्सवमा विभिन्न जाति/जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघसंस्थाको सेवाबारे जानकारी, उपभोग्य वस्तुहरूको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री, पर्यटन प्रवर्धनका सामग्री प्रदर्शनी एवं जानकारी दिइनेछ।

हिमाली भेगमा पाइने याक महोत्सवमा प्रदर्शनीका लागि ल्याइनेछ। सांगीतिक कार्यक्रममा बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रीति आले, ज्योति मगर, प्रकाश दुतराज, शान्तिश्री परियार, श्याम राना, समीक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, सिम्रन परियार लगायत कलारको प्रस्तुति रहने महासचिव दिनेश सुनारले बताए। महोत्सवमा रवि एन्ड सन्नी इन्डस्ट्रिज प्रालिको उत्पादन बेटर होम एपलायन्सेस मुख्य प्रायोजक हो।

प्रकाशित: २४ पुष २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =