इन्डोनेसियाको कारागारबाट भागे ५३ बन्दी

हिमाल प्रेस २२ पुष २०८० २१:१६
20
SHARES
इन्डोनेसियाको कारागारबाट भागे ५३ बन्दी

जकार्ता (रासस-सिन्ह्वा)- इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागेका छन्। पूर्वी इन्डोनेसियाको दक्षिणपश्चिम पपुवा प्रान्तको सोरोङमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे कारागारबाट ५३ जना कैदी भागेको अधिकारीहरूले बताएका छन्।

फरार कैदीहरूलाई पुन: पक्राउ गर्न प्रहरीले सोरोङ शहर बाहिरको नाका बन्द गरेको छ। ‘हामीले भागेका कैदीहरूको तथ्यांक संकलन गर्दै सोरोङ शहर, बन्दरगाह र विमानस्थल बाहिरका सडकहरूका नाका पनि बन्द गरेका छौँ,’ युदियान्टोले आइतबार भने। युदियान्टोले भागेका कैदीहरू सामान्य अपराध र लागुऔषध मुद्दामा संलग्न रहेको बताएका छन्।

प्रकाशित: २२ पुष २०८० २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =