‘बुलाकी’ लण्डन लिफ्ट अफ फिल्म फेस्टिभलमा छनोट

हिमाल प्रेस २२ पुष २०८० १७:०१
84
SHARES
‘बुलाकी’ लण्डन लिफ्ट अफ फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ– गत वैशाखमा प्रदर्शन भएको  ‘बुलाकी’ लण्डन लिफ्ट अफ फिल्म फेस्टिभलमा छनोट भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत फिल्म छनोट भएकाेमा खुसी व्यक्त गरेका छन्।

 नेपालको कर्णाली भेगकाे जारी प्रथामा आधारित फिल्म  उक्त फेस्टिभल २०२३’काे अफिसियल सेलेक्सनमा परेकाे हाे।

फिल्ममा निःसन्तान भएकै कारण घरपरिवारबाट दुःख पाएको प्रसंग पनि छ। लक्ष्मण सुनार निर्देशित फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा छन्।

विराज विष्टले निर्माण गरेकाे फिल्ममा अन्य कलाकार रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरीलगायतको अभिनय छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =