कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

हिमाल प्रेस २२ पुष २०८० १४:१४
6
SHARES
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

इटहरी– कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आइतबार नियुक्त भएका छन्। मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले कोइरालालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए।

विराटनगर महानगरपालिका ९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्व सभापति तथा हालका सल्लाहकारसमेत हुन्।

प्रकाशित: २२ पुष २०८० १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =