राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंग्याउने अधिकार अध्यक्ष नेपाललाई

हिमाल प्रेस २१ पुष २०८० १६:४४
30
SHARES
राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंग्याउने अधिकार अध्यक्ष नेपाललाई

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंग्याउने अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।

पार्टी कार्यालय काठमाडौँको आलोकनगरमा शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपाललाई सो अधिकार दिएको हो।

बैठकले प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार भने उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसँग नेकपा एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षी कै रूपमा बस्नुपने बताए।

राष्ट्रियसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ५ सीटमा अडान राखेको छ। राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते हुँदैछ।

प्रकाशित: २१ पुष २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =