महिला र बालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने तीनजना पक्राउ

हिमाल प्रेस २१ पुष २०८० १५:३३
34
SHARES
महिला र बालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने तीनजना पक्राउ

पोखरा- महिला र बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजना युवालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-८ जाल्पारोडमा काभ्रेली खाजाघरका सञ्चालकले दुईजना महिला र एक बालिकालाई शौनशोषण कार्यमा संलग्न गराउन बाहिर लैजान लागेको अवस्थामा कास्की प्रहरीले दुई दिनअघि उनीहरूको उद्धार गरेको थियो।

घटनाको अनुसन्धानक्रममा प्रहरीले खाजाघरका सञ्चालक पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भई काठमाडौँको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा-१७ बिरौटा बस्ने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी तथा डीएसपी श्रवणकुमार विकले जानकारी दिए।

सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाएकाे र  पछि राम्रो कमाइ हुन्छ भन्दे परपुरुषसँग भेट गराई यौनजन्य क्रियाकलापमा संलग्न गराएको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको डीएसपी बिकले बताए।

बिहीबार पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ पुष २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =