एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

हिमाल प्रेस २१ पुष २०८० ६:५६
2
SHARE
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज सचिवालय बैठक बस्ने भएको छ। यसअघि हिजो बस्ने भनिएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार विभिन्न जिल्ला तथा जनवर्गीय संगठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी संगठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिनेछ।

राष्ट्रियसभाका उम्मेदवारको नामावली टुंगो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिनेछ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ।

प्रकाशित: २१ पुष २०८० ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =