राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनकाे बैठक निष्कर्षविहीन

हिमाल प्रेस १९ पुष २०८० १४:४९
22
SHARES
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनकाे बैठक निष्कर्षविहीन

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सिट बाँडफाँटमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको हो।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरूबीच आन्तरिक छलफल गरेर पुनः गठबन्धनको बैठक बस्ने जानकारी दिए।

सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको लेखकले बताए।

राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो दललाई शून्य नबनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका विषयमा गठबन्धनबीच छलफल भइरहे पनि कुनै निष्कर्ष आउन सकेको छैन।

सिट मागेपछि संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई एमालेले सघाउनुपर्ने गठबन्धनको सर्त छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =