एमजीले भन्यो– बुढानीलकण्ठमा बिजुलीको तार सर्ट हुँदा आगलागी

हिमाल प्रेस १९ पुष २०८० ११:४३
एमजीले भन्यो– बुढानीलकण्ठमा बिजुलीको तार सर्ट हुँदा आगलागी

काठमाडौँ– नेपालका लागि एमजी गाडीको आधिकारिक आयातकर्ता पारामाउन्ट मोटर्सले बुढानीलकण्ठमा गाडी आगलागी बिजुलीको तार सर्ट हुँदा भएको बताएको छ।

कम्पनीका प्राविधिक टोलीको अध्ययन र प्रहरीको मुचुल्काले गाडी आगलागी बिजुली सर्ट भएर भएको पारमाउन्ट मोटर्सले उल्लेख गरेको हो। पुस ९ गते बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा दर्ता नं प्रदेश ०१–०२७ ख १५८१ नम्बरको एमजी जेडएस ईभी गाडी आगलागी भएको थियो।

पारामाउन्टले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘आगलागी भएको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरि साँझ ६ बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा विद्युत्‌काे तार सर्ट भइ आगलागी भइ पूर्ण रूपमा जलेको छ।’

प्रकाशित: १९ पुष २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =