विद्युत् प्राधिकरण र रोजगारदाताहरूको विवाद समाधान गर्न समाजवादी श्रमिक संघको माग

हिमाल प्रेस १९ पुष २०८० ११:१४
26
SHARES
विद्युत् प्राधिकरण र रोजगारदाताहरूको विवाद समाधान गर्न समाजवादी श्रमिक संघको माग

काठमाडौँ- ठूला औद्योगिक संस्थाको विद्युत् कटौती गर्दा करिब ६ हजार श्रमिकको रोजगारीमा असर परेको भन्दै नेपाल समाजवादी पार्टी निकट समाजवादी औद्योगिक श्रमिक संघले वार्ताबाट समस्या समाधान गर्न अनुरोध गरेको छ।

प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड फिडरको प्रयोग गरेबापत् महसुल नतिरेको भन्दै उद्योगको विद्युत काट्दा श्रमिक मारमा परेको संघको भनाइ छ।

संघका अध्यक्ष प्रकाश भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल यो समस्याको समाधान गर्न सरकारसमक्ष माग गरिएको छ।

प्रकाशित: १९ पुष २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =