रुसी सेनामा रहेका थप तीन नेपालीको मृत्यु

हिमाल प्रेस १७ पुष २०८० १६:०२
22
SHARES
रुसी सेनामा रहेका थप तीन नेपालीको मृत्यु रुसी सेना।

काठमाडौँ- रुसी सेनामा भर्ना भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ। पछिल्लो समय थप तीन युवाको ज्यान गएसँगै ११ नेपालीले रुसमा ज्यान गुमाएका छन्।

पछिल्लोपटक ज्यान गुमाउनेमा स्याङ्जा वालिङका हरि अर्याल, कैलालीका भरतबहादुर साही र धादिङका राजकुमार गिरी रहेको परराष्ट्रमन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

मस्कोस्थित नेपाली दूतावासले सन्दीप थपलिया गोरखा, रूपक कार्की  वाणगंगा, कपिलवस्तु, देवान राई कास्की, प्रितम कार्की पुतलीबजार , स्याङ्जा, राजकुमार रोका मेलुङ, दोलखा, गंगाराज मोक्तान इलाम , इलाम, कैलालीको टीकापुर नगरपालिका नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह र कुन्दनसिंह नगल (ठेगाना नखुलेको) को मृत्यु भएको पुष्टि गरेको छ। युद्धमा दुई सयभन्दा बढी नेपाली घाइते भएको दूतवासको अनुमान छ।

प्रकाशित: १७ पुष २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =