चिसो बढेसँगै घटे कञ्चनजंघामा पर्यटक

हिमाल प्रेस १७ पुष २०८० ६:३९
4
SHARES
चिसो बढेसँगै घटे कञ्चनजंघामा पर्यटक

फुङ्लिङ- चिसो बढेसँगै कञ्चनजंघा हिमालको अवलोकन गर्ने पर्यटकको संख्यामा कमी आएको छ। केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए।

पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन्। यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्। केही काठमाडौं पुगेका छन्।

चियो याम प्रारम्भ हुनुअघिसम्म पर्यटकको उल्लेख्य आगमन भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए।

असोजदेखि पुससम्ममा विभिन्न देशका ७६० जना पर्यटक यो क्षेत्रमा आएको उनले जानकारी दिए। आन्तरिक पर्यटकको संख्या पनि राम्रो थियो। ‘कोरोना महामारीपछि पहिलोपटक यो वर्ष धेरै पर्यटक कञ्चजंघा क्षेत्र आएका थिए।

प्रकाशित: १७ पुष २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =