पक्राउ परेका बीपी साहले भने : धोती लगाएको देखेर प्रहरीले पक्राउ गर्‍यो

हिमाल प्रेस १६ पुष २०८० ११:२६
68
SHARES
पक्राउ परेका बीपी साहले भने : धोती लगाएको देखेर प्रहरीले पक्राउ गर्‍यो

काठमाडौँ- शान्तिपूर्ण रूपमा राष्ट्रिय पोसाक (दिवस) मनाउने क्रममा आफूहरूलाई पक्राउ गरेको जनमत पार्टीको सचिव बीपी साहले बताए।

उनले आज  माइतीघरबाट बबरमहलबाट आउने क्रममा धोती लगाएको देखेर प्रहरीले पक्राउ गरेको जानकारी दिए। धोती दिवस मनाउने क्रममा आफूसहित ६३ जनालाई प्रहरीले पक्राउ गरेको उनले जनाए। ‘अध्यक्ष (सीके राउत) सहित हामीलाई बबरमहलबाट पक्राउ गरेको हो।’ बीपी साहले हिमाल प्रेससँग भने,‘हामीले शान्तिपूर्ण कार्यक्रम गरेका थियौ। तर प्रहरीले सहेन।’

उनीसहित पार्टी अध्यक्ष डा. सीके राउतसहितलाई पक्राउ गरेको हो। आज जनवरी १ को दिन धोती दिवस मनाउने भन्दै उनीहरू सडकमा हिँडेका थिए।

पूर्वयोजनासहित जनमतका नेता र कार्यकर्ता राजधानीको बाटो हिँडेका हुन्। बाटो हिँड्ने क्रममै प्रहरीले पक्राउ गरेको साहको भनाइ छ।

प्रकाशित: १६ पुष २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =