‘धोती दिवस’ मनाउनेमाथि प्रहरी ‘हस्तक्षेप’

हिमाल प्रेस १६ पुष २०८० १०:०१
152
SHARES
‘धोती दिवस’ मनाउनेमाथि प्रहरी ‘हस्तक्षेप’

काठमाडौँ-  धोती दिवस मनाउन काठमाडौँका माइतीघरमा सोमबार आयोजना गरिएको भेलामा प्रहरीले हस्तक्षेप गरेको छ।  बिहान मधेशी समुदायका केही व्यक्ति सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए। भेलाका सहभागीहरूले आफूहरूमाथि प्रहरीले हस्तक्षेप गरेको बताएका छन्।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो। सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको छ। प्रहरीले दमन गर्दै ३० जना बढीलाई पक्राउ गरेको छ।

प्रकाशित: १६ पुष २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =