बालकुमारी घटना : संसदीय समितिमा जवाफ दिँदै गृहमन्त्री

हिमाल प्रेस १६ पुष २०८० ८:३८
12
SHARES
बालकुमारी घटना : संसदीय समितिमा जवाफ दिँदै गृहमन्त्री फाइल तस्बिर

काठमाडौँ- बालकुमारी घटनाबारे प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीसँग जवाफ माग्ने भएको छ।

त्यसका लागि बिहान साढे ८ बजे समितीको बैठक बोलाइएको छ। बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव र नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई छलफलमा बोलाएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

शुक्रबार ईपीएस मार्फत कोरिया जान परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै भएका आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो।

घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ । यस्तै घटनाको छानविन नसकिएसम्मका लागि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका ‘पीएसओ’ बोधराज दनुवार र सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल पनि निलम्बनमा परेका छन् ।

प्रकाशित: १६ पुष २०८० ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =