सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित

हिमाल प्रेस १५ पुष २०८० १२:५९
सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित

काठमाडौँ– सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सबाट २४८ जना विद्यार्थी दीक्षित भएका छन्। सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ।

सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो।

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिँदै आईटीको युगमा विद्यार्थीहरूका लागी यो क्षेत्रमा अवसर नै अवसर रहेको बताएका छन्।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले स्नातक अघि नै विद्यार्थीहरूले जागिर सुरू गरिसकेको बताए। उनले भने, ‘यसले हाम्रो सफलता र उपलब्धिको उत्सवलाई थप बलियो बनाएको छ।’

सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्स नेपालमा आईटी शिक्षाका लागि प्रख्यात छ। बेलायती कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले स्नातक, स्नातकोत्तर तहमा आईटी सम्बन्धीका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

कलेजले पढाउने बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) कम्प्युटर साइन्सको साथ एआई लगायतका विषय आईटी शिक्षामा रुचि भएका विद्यार्थीमा लोकप्रिय रहेको छ।

प्रकाशित: १५ पुष २०८० १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =