अपांगता भएकालाई विद्युतीय रिक्सा

हिमाल प्रेस १५ पुष २०८० ११:३१
4
SHARES

बाँके- नेपालगन्जमा अपांगता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगन्ज-५ गणेशपुरका अपांगता राजु खानलाई ई-रिक्सा प्रदान गरेका थिए।

फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रक्तदान पनि गरिएको थियो। त्यस अवसरमा विद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी एक सय १३ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयम्सेवी रक्तदाता पवन जायसवाललाई पनि सम्मान गरिएको थियो।

स्वर्ण पदक विजेताको सम्मान

भारतको हैदराबादमा भएको १० औँ वल्र्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल नेपालगन्ज निवासी प्रतीक श्रेष्ठसहितका खेलाडीलाई सम्मान गरिएको छ।

बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघ, लाइफलाइन अस्पताल र गणपति डेन्टलको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्ट, लाइफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठ र डा पारस श्रेष्ठले खेलाडीलाई सम्मान गरेका हुन्।

प्रकाशित: १५ पुष २०८० ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =