नेपालगन्जमा सामाजिक एकता र धार्मिक सद्भाव कायम राख्न देउवाको अपिल

हिमाल प्रेस १७ असोज २०८० १७:३७
2
SHARE
नेपालगन्जमा सामाजिक एकता र धार्मिक सद्भाव कायम राख्न देउवाको अपिल

काठमाडौँ- नेपाली कांग्रेसले बाँकेको नेपालगन्जमा सामाजिक एकता र धार्मिक सद्भाव कायम गर्न अपिल गरेको छ। केही दिनयता बाँकेमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति गम्भीर चिन्ता प्रकट गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार यस्तो अपिल जारी गरेका हुन्।

देउवाले भनेका छन्, ‘राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघसंस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ।’ देउवाले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न/नगराउन पनि आह्वान गरेका छन्।

प्रकाशित: १७ असोज २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =