सुपर लिगको उपाधि ललितपुरलाई, अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी

हिमाल प्रेस १५ पुष २०८० ८:४३
6
SHARES
सुपर लिगको उपाधि ललितपुरलाई, अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ- दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ। त्रिपुरेवरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो।

यस उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ। पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो। उपविजेता बनेको धनगढीले २० लाख रुपैयाँ पाएको छ।

ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरेका थिए। धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजीले एकएक गोल गरेका थिए।

खेलमा ३७औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिएका थिए। खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एकएक गोलको बराबरीमा ल्याए।

५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई दोस्रो अग्रता दिलाए। खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाएका थिए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भएको हो।

च्याम्पियन टोली ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङ नेपाल सुपर लिग (एनएसएल) का दोस्रो संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

सर्वोकृष्ट खेलाडी चुनिएसँगै उनले दुई लाख रुपैयाँ प्राप्त गरे। ललितपुरले खेलेका सबै खेलमा पूरा समय मैदानमा बिताएका अनन्त दुई खेलमा ‘म्यान अफ द म्याच’ चुनिएका थिए। उनले पहिलो खेलमा बुटवल लुम्बिनीविरुद्ध एक गोल गरेका थिए। उत्कृष्ट विदेशी खेलाडीमाझ अनन्तको साथले ललितपुर च्याम्पियन बन्यो।

प्रकाशित: १५ पुष २०८० ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =