नेपाल सुपर लिगमा चितवन र धनगढी भिड्दै

हिमाल प्रेस २८ मंसिर २०८० ६:४०
16
SHARES
नेपाल सुपर लिगमा चितवन र धनगढी भिड्दै

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र धनगढी एफसी भिड्दैछन्। यी दुई टिमबीचको खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

जारी लिगमा धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ। हालसम्मका चार खेलमध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

चितवन एकमा जित, दुईमा बराबरी र दुईमा पराजय हुँदै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ। शीर्षस्थानमा ललितपुर सीटी छ।

प्रकाशित: २८ मंसिर २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =